तपाईँ सुन्दै हुनुहुन्छः

सेपाकताक्रो विश्वकप : नेपाल रेगु र डबल इभेन्ट दुवैमा तेस्रो

काठमाडौँ । नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्वकपको रेगु र डबल इभेन्ट दुवैमा तेस्रो भएको छ ।

विश्व कपमा भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टतर्फ चाइनिज ताइपेइसँग २–१ सेटमा पराजित भयो । नेपालले खेल ११–१५, १५–१०, १२–१५ ले गुमायो ।

यसैगरी,डबल इभेन्टमा नेपाल इरानसँग २–० सेटले पराजित भयो । इरानसँगको खेलमा नेपाल १३ –१५ ,११ –१५ ले निरास बन्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button