तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाललाई सबैको पहुँचमा पुर्‍याउनुपर्छ : सभामुख घर्ति मगर

दाङ । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ति मगरले रेडियो नेपाललाई सबै जनताको पहुँचमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण प्रविधि तालिम एवम् व्यापार प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै सभामुख घर्ति मगरले सरकारका काम, कारबाहीलाई सही रुपमा जनतासम्म पुर्‍याउन रेडियो नेपाल विकल्पका रुपमा ग्रामीण बस्तीमा सहज हुने बताउनुभयो ।

६० देखि ८० को दशकमा सूचना प्रविधिमा गुणात्मक बिकास भएको उल्लेख गर्नुहुँदै सभामुख घर्ति मगरले रेडियो नेपाललाई सबै घर र जनतासम्म पुर्‍याउन सरकारले नीति तथा कार्यक्रममार्फत वर्तमान सूचना प्रविधिलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालले केही विकृति ल्याएको उल्लेख गर्नुहुँदै उहाँले नियमनको आवश्यक रहेको बताउनुभयो । सरकार बलियो हुनलाई सञ्चार माध्यम सशक्त हुनुपर्ने उल्लेख गर्नुहुँदै सभामुख घर्ति मगरले रेडियो नेपालले आफूलाई सशक्त बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button