तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग ‘युएन एफसिसी एसबिएसटिए’ का अध्यक्षको शिष्टाचार भेट 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी एजेन्सी ‘युएन एफसिसी एसबिएसटिए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच जलवायु परिवर्तनले निम्त्याएका असर एवं यस मुद्दामा नेपालले गर्दै आएको नेतृत्वदायी भूमिकालगायतका विषयमा छलफल भएको छ । 

सो अवसरमा प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरण गर्नका लागि जलवायु कोषबाट नेपालले पर्याप्त लाभ पाउनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनको असर कम गर्नका लागि योजनाबद्ध एवं संस्थागत तवरले अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसका लागि युएन एफसिसीको सहयोग आवश्यक छ भन्नुभयो ।  

भेटवार्तामा अध्यक्ष ह्यारीले हिमाल र पर्वतीय मुलुकका मुद्दामा नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेपालको सक्रियप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले जलवायुसम्बन्धी विश्व सम्मेलनमा नेपालले निर्वाह गरेको महत्वपूर्ण भूमिकालाई  धन्यवाद व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button