तपाईँ सुन्दै हुनुहुन्छः

सर्वोच्च अदालतद्वारा आयोजित चियापानमा राष्ट्रपति सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुनुभयो ।

कार्यक्रममा प्रथम महिला सबिता पौडेल पनि उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा राष्ट्रपति पौडेललाई प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पुष्पगुच्छा दिएर स्वागत गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button