तपाईँ सुन्दै हुनुहुन्छः

पच्चीस सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौँ। गृह मन्त्रालय मातहतका २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । मन्त्रालयबाट प्राप्त विवरणअनुसार हाल मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत ११ जना सहसचिव र १४ प्रजिअको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयका अनुसार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको बुधबारको मन्त्रीस्तरीय निर्णयबाट राजपत्राङ्कित प्रथम श्रेणीका प्रजिअहरुको पदस्थापन तथा सरुवा गरिएको हो ।

विपद् प्राधिकरणमा रहनुभएका सहसचिव भरतमणि पाण्डेलाई कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । कास्कीका प्रजिअ वासुदेव घिमिरेलाई गृहमा ल्याइएको छ ।

गृहका रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअ, तीर्थराज सिलवाललाई मकवानपुरको प्रजिअ, विष्णुप्रसाद कोइरालालाई पाँचथर, राजेन्द्रदेव पाण्डेलाई धादिङ, सूर्यप्रसाद सेढाइँलाई मकवानपुरबाट काभ्रेपलाञ्चोक, रुद्रादेवी शर्मालाई काभ्रेबाट बर्दियाको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै सुनसरीका प्रजिअ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभाग, इलामका प्रजिअ इन्द्रदेव यादवलाई चितवन, चितवनका प्रजिअ भूपेन्द्र थापालाई सिन्धुपाल्चोक र पाँचथरका प्रजिअ मेखबहादुर मग्रातीलाई सप्तरीमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button