तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा नेपाललाई एक रजत र पाँच कास्य

काठमाडौँ । नेपालले दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा एक रजत र पाँच कास्य पदक जितेको छ ।

श्रीलङ्काको क्यान्डीमा आज सम्पन्न प्रतियोगितामा नेपालले उक्त सफलता हात पारेको टिम व्यवस्थापक सिक्का सुवाल श्रेष्ठले जानकारी दिनुभयो ।

यु–१९ छात्रा डबल्समा इभाना थापा मगर र वियन्का राईले रजत पदक जिते । यु–१९ टिम इभेन्टको छात्रमा प्रिन्स थापा, रुविन महर्जन र सिद्धार्थ तामाङ तथा छात्रामा वियन्का राई, इभाना थापा र योङगी पौडेलले कास्य पदक हात पारेका हुन् ।

यु–१५ को छात्रा सिङ्गल्समा शुभश्री श्रेष्ठ, डबल्समा शुभश्री श्रेष्ठ र शुरम्य शाक्य तथा टिममा शुभश्री श्रेष्ठ, महिमा महता र शुरम्य शाक्यले कास्य पदक प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button