तपाईँ सुन्दै हुनुहुन्छः

बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिने : मुख्यमन्त्री महरा

नवलपरासी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ ।

पश्चिम नवलपरासीको सुनवलमा अखिल नेपाल किसान महासङ्घ ९क्रान्तिकारी केन्द्र० को लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै मुख्यमन्त्री महराले कृषिलाई पहिलो प्राथमिकतामा दिई नीति तथा कार्यक्रम तयार भइरहेको जानकारी दिनुभयो । सिँचाइ सुविधाको विस्तारसहित कृषिउपजको बजारीकरण गर्न सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गर्ने पनि मुख्यमन्त्री महराले बताउनुभयो ।

परम्परागत कृषि प्रवृत्तिलाई परिवर्तन गर्दै आधुनिक प्रविधिसहितको कृषि र कृषिलाई व्यवसायीकरण गरी रोजगारी सृजना गर्ने योजना रहेको मुख्यमन्त्री महराको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button