तपाईँ सुन्दै हुनुहुन्छः

टी–२० विश्वकपका लागि अस्ट्रेलियाको टोली घोषणा

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि अस्ट्रेलियाले क्रिकेट टोलीको घोषणा गरेको छ ।

अस्ट्रेलियन क्रिकेट बोर्डले बुधबार मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय खेलाडी टोली घोषणा गरेको हो । अस्ट्रेलिया विश्वकपमा समूह ‘बी’ मा रहेको छ । यस समूहमा इङ्गल्यान्ड, नामिबिया, ओमान र स्कटल्यान्ड छन् । अस्ट्रेलियाले जुन ५ मा ओमानसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

अस्ट्रेलियन टोली

मिचेल मार्स (कप्तान), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रविस हेड, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button