तपाईँ सुन्दै हुनुहुन्छः

आठौँ पोखरा स्पोट्र्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा । आठौँ संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०८० को मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही २८ वैशाखमा पोखरा सभागृहमा आयोजना गरिने अवार्ड सार्वजनिक कार्यक्रमबारे पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ तीन जनामा पर्न सफल खेलाडीहरूमा अर्जुन कुमाल (क्रिकेट), प्रदीप खड्का (टेनिस) र हिमाल सुनारी (भलिबल) रहनुभएको छ । त्यसै गरी बर्ष खेलाडी महिलातर्फ भने अनुश्का शेरचन (आर्चरी), अरुणा शाही (भलिबल) र सुस्मिता थापा मगर (आइटिएफ तेक्वान्दो) उत्कृष्ट ३ मा पर्नुभएको छ ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलालाई जनही इलेक्ट्रिक स्कुटर र अवार्ड प्रदान गरिने कार्यक्रम संयोजक एवं मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो । उदीयमान खेलाडीतर्फ ज्योत्सनिका मरासिनी (क्रिकेट), दिलासा राना (ब्याडमिन्टन) र बादल कार्की (एथलेटिक्स) मनोनयनमा पर्नु भएको हो भने उत्कृष्ट प्रशिक्षकतर्फ टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजू मनोनयनमा पर्न सफल हुनुभएको छ ।

उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा विधागत उत्कृष्ट हुन सफल एक–एक जनाले जनही ३५ हजारसहित अवार्ड प्राप्त गर्ने भएको मञ्चका महासचिव एवं प्रचार संयोजक राजाराम पौडेलले जनाउनुभयो । मञ्चले लाइफ टाइम अचिभमेण्ट अवार्डबाट एक जनालाई विशेष सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button