तपाईँ सुन्दै हुनुहुन्छः

इलाम -२ मतगणना : एमालेका सुहाङको ३ हजार ९६०  को अग्रता 

इलाम । इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा ९एमाले० का सुहाङ नेम्वाङको अग्रता कायम छ । नेम्वाङले  ३९६० मतले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पार्नुभएको छ । 

पछिल्लो परिणामअनुसार सुहाङले ११६१९मत प्राप्त गर्दा काँग्रेसका खडकाले ७६५९ मत ल्याउनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ७४५२ मत  रास्वपाका उम्मेदवार मिलन लिम्बु १५९६मत प्राप्त गर्नु भएको छ ।  यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । नेकपा एमाले उपाध्क्ष सांसद संविधान सभा अध्यक्ष सुवासचन्द नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुदैछ । १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button