तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा एक जना मृत फेला 

डोटी । डोटीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

आइतबार जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ६ दह आसपास सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बिपिनगरले जानकारी दिएको छ । 

उनी दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे ईलाका प्रहरीले बिपिनगरले अनुसन्धान गरिरहेको जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button