तपाईँ सुन्दै हुनुहुन्छः

बझाङ प्रदेश सभा १ उपनिर्वाचन : नेकपा एमालेका उम्मेदवार अगाडि

बझाङ । बझाङ प्रदेश सभा १ को उपनिर्वाचनको मतगणना भइरहेकोको छ । हालसम्म कुल २७३७ मत गणना भइसकेको छ । 

अहिलेसम्म नेकपा एमालेका दमन भण्डारीले १३०३ मत प्राप्त गर्नुभएको छ, त्यस्तै नेपाली काँग्रेसका अविशेक सिंहले ६५६ मत, नेकपा माओवादी केन्द्रका जनक बुढाले ३०१ मत, राप्रपाका किशोर खड्काले २० मत, नेकपा समाजवादीका दिल बहादुर सिंहले समाजवादी ३७९ मत प्राप्त गर्नुभएको छ । साथै ६८ मत बदर भएको निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button