तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री हस्तान्तरण

बाँके । बाँकेको खजुरा गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ । 

अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार चालू आर्थिक वर्षमा जम्मा २७ जनालाई सहायक सामग्री वितरण गर्ने योजना अनुरूप बुधबार सहायक सामग्री वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक (तुफान) ले आगामी दिनमा पनि अपाङ्गता सशक्तीकरण र क्षमता विकासको लागि सधैँ सहयोग  गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

समुदाय स्तरमा पूर्ण अशक्त तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिको दैनिक जीवन सञ्चालन, सहभागिता तथा लगनशीलतालाई सहज बनाउन ह्वील चियर उपलब्ध गराइएको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले जानकारी दिनु भयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान) उपाध्यक्ष मन्जु मल्ल, सामाजिक बिकास संयोजक कृष्ण कुमारी पोखरेल, लेखा अधिकृत प्रदीप सुनार, वडाध्यक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशीला न्योैपानेले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चियर  हस्तान्तरण गर्नु भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button