तपाईँ सुन्दै हुनुहुन्छः

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।  सत्यवती गाउँपालिका वडा नम्बर–६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक  शङ्कर पोखरेलले बताउनुभयो ।

शुक्रबार दिउँसो बल्छीबाट माछा मार्न भनि बाडिगाड खोलामा गएको मियाँ घरमा नआएपछि खोज्ने क्रममा खोला किनारमा  मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button