तपाईँ सुन्दै हुनुहुन्छः

दरबन्दी अनुसार जनशक्ति नहुँदा सेवाग्राही समस्यामा

बाँके । सङ्घीय अस्पतालको रूपमा रहेको भेरी अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

भेरी अस्पतालमा दैनिक एक हजार सात सयको हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् ।

बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीको उपचार नियमित गर्ने गरेको भेरी अस्पतालमा नेपाल स्वीकृत दरबन्दी १ सय ४७ जनाको भए पनि ८४ जना मात्र कर्मचारी रहेकोले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको अस्पतालका प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) डाक्टर पवन जङ्ग रायमाझीले बताउनुभयो ।

अस्पताल विकास समितिका सदस्य डा.डक्ट प्रसाद धितालका अनुसार १३ जना काज लिएर अन्यत्र काम गरिरहनुभएको छ भने १९ जना चिकित्सकको दरबन्दी अझै खाली छ ।

स्वीकृत दरबन्दी अनुसार कर्मचारी नहुँदा करारमा ७४ जना, दरबन्दी बाहेकका २३ जना अन्य थप कर्मचारीबाट अस्पताल सञ्चालन भइरहेको सदस्य धितालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button