तपाईँ सुन्दै हुनुहुन्छः

धरहराको झल्को दिने कोहलपुरकाे भ्यु टावर

बाँके । पर्यटन प्रवर्द्धनका साथै नगरको आम्दानी बढाउने उद्देश्यले बाँकेको कोहलपुर नगरपालिका-११ गोलपार्क न्युरोडमा निर्माण भएको भ्यु टावर काठमाडौँको धरहराको झल्को दिने गरी बनाइएको छ।

कोहलपुर नगरपालिकाले निवर्तमान नगरप्रमुख लुटबहादुर रावतका पालामा निर्माण सुरु गरेको भ्यु टावर सम्पन्न भइसक्दा झन्डै ६ करोड रुपैयाँ खर्च भएको र भ्यु टावर सञ्चालनका लागि नगरपालिकाले तीन पटकसम्म टेन्डर आह्वान गर्दा कुनै पनि व्यवसायी भ्यु टावर सञ्चालन गर्न इच्छुक नदेखिएपछि कोहलपुर नगरपालिका आफैले नगर प्रहरी खटाएर भ्यु टावर सञ्चालन गरेको हो।

कोहलपुरको सुन्दर दृश्य हेर्नकै लागि भ्यु टावरमा पर्यटकहरू आउने गरेका छन् । नयाँ वर्षको दिनमा मात्र ४ सयको हाराहारीमा भ्यु टावर चढ्नका लागि कोहलपुरलगायत विभिन्न ठाउँका पर्यटनहरू आएको नगर प्रहरी जनाएको छ । नयाँ वर्ष मात्र नभै दैनिक जसो ४०/५० जना भ्यु टावर अवलोकनको लागि आउने गरेको नगर प्रहरीको भनाई छ।

भ्यु टावर सञ्चालनमा आएपछि टावरको माथिल्लो तलामा जान लिफ्टको प्रयोग गरिएको छ भने तर भ्यु टावरबाट त्यस्तै व्यवस्थित पार्क रेस्टुरेन्टलगायत सौन्दयिकरकणका काम बाँकी रहेकाले भविष्यमा आम्दानीको स्रोत बन्न सक्ने हुँदा सबै कुराको व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयको भनाई छ।

लुम्बिनी प्रदेशको पश्चिम क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेश गर्ने मुख्य द्वार समेत हो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button