तपाईँ सुन्दै हुनुहुन्छः

महालेखा परीक्षकमा  तोयम राय नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। मङ्गलवार बिहान बसेको सुनुवाइ समितिले महालेखा परीक्षकमा रायालाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो।

राय पूर्व अर्थ सचिवसमेत हुन् । गत जेठ ८ गते टङ्कमणि शर्मा सेवा निवृत्त भएपछि यो पद रिक्त रहेको थियो।

रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गर्न संवैधानिक परिषद्ले सिफारिस गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button