तपाईँ सुन्दै हुनुहुन्छः

रारामा पर्यटकीय पदमार्गको कामले गति लिन सकेन 

मुगु  । नेपालकै पर्यटकीय गन्तव्यको रूपमा रहेको नेपालकै ठुलो र गहिरो ताल रारा घुम्न आउने आन्तरिक तथा बाह्य  पर्यटकहरूको मनोरञ्जन तथा सहजताका लागि  सञ्चालित रारा पर्यटकीय पदमार्गको निर्माण कार्य  अलपत्र परेको  छ ।

सम्बन्धित निर्माण कम्पनीको लापरबाहीका कारण  विगत  ७ महिना देखी  साईकिलिङ पदमार्ग निर्माणको  काम अलपत्र   परेको  हो ।

पर्यटन विकासको दृष्टिकोणले प्रबल सम्भावना रहेको   कर्णाली प्रदेश अन्तर्गत पर्ने मुगु जिल्लाको रारामा सञ्चालित  गौरवको  आयोजनको रूपमा रहेको रारा पर्यटन पदमार्ग पछिल्लो समयमा ठेक्कादारको  लापरबाहीका कारण विगत ७ महिना  देखि अलपत्र परेको छ  ।

राराको पर्यटन प्रवर्द्धनका लागी आर्थिक वर्ष ०७८/०७९ मा कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, अन्तर्गत रारा पर्यटन पूर्वाधार विकास कार्यक्रम  डिभिजन वन कार्यालय मुगुले  रारा पर्यटकीय पदमार्ग निर्माणका लागि रु  ४५ करोड, २९ लाख, १० हजार ४ सय ७९ रूपैंया ६५ पैसा लागत रकमको टेन्डर आह्वान गरी थोदुङ् क्याराभान जे भी प्राली सँग आर्थिक वर्ष २०७८/०७९ मा  ठेक्का सम्झौता गरेको थियो ।  

५ वर्षमा  १४  किलो मिटर पदमार्ग निर्माण गर्ने सर्तमा भएको सम्झौता अनुरूप सम्झौताको गरिएको मिति देखि करिब २ वर्ष बित्न लाग्दा समेत ६।९ किलोमिटर ढुङ्गा बिछ्याउने काम मात्र  भएको छ ।

सम्बन्धित  आयोजनाको निमार्णको जिम्मा लिएको  थोदुङ्ग क्याराभान जे भी प्रालेखे विगत ७ महिना देखि निर्माणको काम अगाडि बढाउन नसक्दा  निर्धारित समयमा आयोजनाको बन्ने कुनै लक्षण नै देखिँदैन ।

सम्झौता अनुसार १४ किलो मिटर लम्बाई रहेको पदर्मागमा ढुङ्गा १५ सेन्टिमिटर उचाइमा, सिमेन्ट १० सेन्टिमिटर पिसिसि र  दैलेख जिल्लाको खानी ढुङ्गाका सेलेटहरु बिछाउनु पर्ने सम्झौता भए पनि हाल सम्म सरोकारवालाहरूको दबाबमा केही काम भए पनि सन्तोष जनक काम नभएको डिभिजन वन कार्यालय मुगुका कार्यालयका प्रमुख अमर प्रसाद शाहले बताउनु भयो ।

ठेकेदारले लिएको ८ करोड मध्ये ४ करोड २५ लाख बराबरको मात्र काम भएको छ । समयमै भएको काममा थप काम गर्दै नजाने हो भने काम भएका स्थानहरूमा बिच्छाएका ढुङ्गा भत्किनुका साथै  बिछ्याइएका सोलिङ पुरिँदै जान सक्ने सम्भावना रहेको छ ।

   विशेष गरी मुख्य ठेक्कादार आयोजना स्थलमा नआउने तल्लो, तल्लो तहका व्यक्तिहरूलाई कामको जिम्मेवारी दिने गरेको आयोजनाको काम गर्ने रकम मुख्य ठेक्कादारले लिने प्रवृत्तिका कारण यो आयोजना पछिल्लो समयमा अलपत्र परेको कर्णाली प्रदेशका पूर्व  मन्त्री एवं  कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button