तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा आजदेखि विद्यालय भर्ना अभियान सुरु भएको छ । राष्ट्रिय रुपमा वैशाख २ गतेदेखि नै भर्ना अभियान चले पनि मधेश प्रदेशमा जूड शीतलका कारणले सार्वजनिक बिदा भएकाले आजदेखि पालिकाहरूमा भर्ना अभियान सुरु भएको हो ।

“सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने मूल नारासहित जनकपुरधाम उपमहानगरपालिकाका ५२ वटा सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु भएको जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले जानकारी दिनुभयो ।

विद्यालयको पहुँचबाट कुनै पनि विद्यार्थी बाहिर नहुन् भन्नका लागि अभियान चलाइएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख अन्जु पाण्डेले जानकारी दिनुभयो । विद्यालयमा भर्ना भएका विद्यार्थीहरूलाई टिकाउने तथा सिकाउने विषयमा उपमहानगरपालिका गम्भीर रहेको उहाँले बताउनुभयो ।

जनकपुरधामको वडा नंं ८ मा रहेको याज्ञवल्क्य संस्कृत नमूना माध्यमिक विद्यालय ज्ञान कूपबाट जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय भर्ना अभियान शुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button