तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारद्वय सुन्दास र राराहाङ पुरस्कृत

इलाम । इलामका दुईजना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । 

इलामको पर्यटकीयस्थल सूर्योदय नगरपालिकाको श्रीअन्तुमा शनिबार आयोजित कार्यक्रममा पत्रकार विक्रम सुन्दास र रीता राराहाङलाई रु १०–१० हजार राशिको आशिष स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासङ्घ इलामले स्थापना गरेको हो । 

इलामका पत्रकार आशिष राईको स्मृतिमा महासङ्घले उहाँको स्मृति दिवसमा  पुरस्कार प्रदान गर्दै आएको छ । रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता राईको २०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । 

पत्रकारद्वय सुन्दास र राराहाङलाई सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, नेपाल पत्रकार महासङ्घका कोसी प्रदेश कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गाना, नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष विप्लव भट्टराइले पुरस्कार प्रदान गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button