तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार भण्डारीको ‘बोरा’ उपन्यास विमोचन

काठमाडौँ । लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । 

अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक एवं लेखक भण्डारीको ‘बोरा’ उपन्यास आज यहाँ आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

‘बोरा’ उपन्यासमा नेपाली समाजमा वृद्ध अभिभावकप्रति सन्तानले गर्ने व्यवहार र परित्यक्त आमाको मनोविज्ञान चित्रण गरिएको लेखक भण्डारीले जानकारी दिनुभयो  । उपन्यास आफ्ना सन्तानबाट अपहेलित आमाको कथामा आधारित भएको उहाँले बताउनुभयो । 

“यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ”, लेखक भण्डारीले भन्नुभयो, “सले आफ्नै छोराले बोरामा हालेर फ्याँकिएको आमा भेटाएको वास्तविक दर्दनाक परिस्थितिलाई समेटिएको छ । तर मैले भेटेको यथार्थको पात्र र परिवेश उपन्यासमा फेरिएका छन् । यो उपन्यास यथार्थमा आधारित भएर लेखिएको काल्पनिक लेखन हो ।”  

पिसबुक प्रालीद्वारा प्रकाशित उपन्यासमा ४७० पृष्ठ छ । पुस्तकको मूल्य रु ७ सय छ । लेखक एवं पत्रकार भण्डारीले यसअघि ‘मलाया एक्सप्रेस’ उपन्यास लेख्नुभएको थियो । उहाँले पत्रकारिता क्षेत्रमा ‘समाचारमा भाषा’ पुस्तक समेत लेख्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button