तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।  

दिउँसो १ बजेबाट सुरु हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button