तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ट्र्याक्टर दुर्घटना हुँदा २ जना घाइते

अछाम। अछाममा ट्र्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।जिल्लाको पञ्चदेवल नगरपालिका वडा नम्बर २ मा ट्र्याक्टर दुर्घटना हुँदा गाडीका चालक र सहचालक गरि २ जना घाइते भएका हुन् ।

बालुवा बोकेर विनायकबाट तोली जाँदै गरेको भे २ त १९८५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनु भयो  । उहाँका अनुसार घाइते हुनेमा चालक बाजुरा जिल्ला बुढिगंगा नगरपालिकाका २५ वर्षीय महेश बहादुर भारती र सहचालक पञ्चदेवल विनायक २ बस्ने २७ बस्ने नेत्र बि।क। रहेका छन् ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा मंगलसैनमा लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button