तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने 

काठमाडौँ ।  राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत्र २८ गतेलाई तोकिएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षको निर्वाचनको मिति घोषणा गर्नुभयो । 

अध्यक्ष दाहालले विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९/०८१ सभा समक्ष प्रस्तुत गर्नुभयो । 

त्यसअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही चैत्र २८ गते बुधवार १ बजेर १५ मिनेटमा बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button