तपाईँ सुन्दै हुनुहुन्छः

गाउँ-गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई सभापति देउवाको निर्देशन

नेपालगन्ज। गाउँ-गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई सभापति देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सङ्गठन मजबुत बनाउन गाउँ९गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपालगन्ज विमानस्थलमा आज स्वागतका लागि पुगेका अगुवा नेता कार्यकर्तालाई सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिनुभयो । उहाँले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले काँग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । उहाँले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने स्पष्ट पार्नुभयो । सभापति देउवा नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको दाङ अमिलिया चोकस्थित पूर्ण कदको शालिक अनावरणका लागि आउनुभएको हो । सभापति देउवासँगै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना , केन्द्रीय सदस्य दीपक गिरी लगायत नेता पनि हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button