तपाईँ सुन्दै हुनुहुन्छः

दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष द्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) परामर्श सेवा खरिद कार्यमा उनीहरूले करिब ९२ करोड रुपैयाँ गैरकानुनी लाभ पुर्याएको आरोप लागेको छ ।

प्राधिकरणका तत्कालीन निर्देशक वरिष्ठ निर्देशक आनन्दराज खनाल, उपनिर्देशक मिनप्रसाद अर्याल, सहायक निर्देशक विनोद चन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, सहायक निर्देशक रेवती राम पन्थ, सहायक निर्देशक सन्दीप अधिकारी, सहायक निर्देशक सूर्यप्रसाद लामिछाने, उपनिर्देशक अच्युता नन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, प्रतीक्षा पौडेल र नीराजन कोइरालाको कार्यबाट आफू तथा परामर्शदाता न्युमेरा जेभीलाई सो रकम गैरकानुनी लाभ गरी नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको आरोप लागेको छ ।

सो रकममा फैसला हुँदाको मितिको प्रचलित डलरको विनिमय दर बमोजिमको थप रकम समेत गणना निजबाट असुल उपर गर्ने आयोगले जनाएको छ ।मुद्दाका प्रतिवादीहरू मोहद नुर अमिन बिन मोहद नुर खान, मोहम्मद सिहाब बिन कुन्ही मोहम्मद, अनुज सिंह, जमिल अहमद्, कविन्द्र राज मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ । 

कम्पनी न्युमेरा, मलेसिया, नमस्ते ग्लोबल, सिंगापुर, ओएसआइ डिजिटल प्रालि, इण्डियालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २३ बमोजिम बिगो रकम असुल हुन माग दाबी लिइएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button