तपाईँ सुन्दै हुनुहुन्छः

वर्षौँदेखि प्रदूषित धुवाँमा तम्घास बासी 

गुल्मी। गुल्मी सदरमुकाम तम्घास बजारको फोहोर फाल्ने (डम्पिङ साइट) ठाउँबाट निस्केको धुवाँले तम्घास बासीलाई समस्या पुर्‍याउँदै आएको छ । तम्घासको फोहोरलाई अहिले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ र वडा नम्बर–७ को साँधीमा ओखरेनीमा फालिँदै आएको छ । तम्घास बजारको फोहोरलाई ०६१ सालबाट ओखरेनीमा फालिँदै आएको हो । त्यसयता तम्घास बासीले प्रदूषित धुवाँले सास्ती पुर्‍याउँदै आएको छ । व्यवस्थित रुपमा फोहोर बिसर्जन  गर्ने ठाउँ नहुँदा त्यस वरपरमा बस्तीका नागरिकले वर्षौँदेखि   देखि प्रदूषित धुवाँ खान बाध्य छन् । फोहोर फाल्ने ठाउँबाट निस्केको धुवाँले तम्घासको उदिनढुंगा बागमारे, धागिथुम र वेदुखर्क भूजेल खर्क क्षेत्रका नागरिकहरू वषौंदेखि मारमा छन् । 

यसक्षेत्रका नागरिकले फोहोर फाल्ने ठाउँ (डम्पिङ साइट) हटाउन वषौंदेखि आवाज उठाएका छन् । तर सुनुवाई भने भएको छैन । फोहोर बिसर्जन ठाउँ हटाउन प्रशासन र नगरपालिका पटक–पटक पुगे पनि कुनै पनि सुनुवाई नभएको दुखेसो रेसुङ्गा नगरपालिका वडा नम्बर–७ का स्थानीय धनिश्वर पाण्डेले बताए । फोहोर बिसर्जन गर्ने स्थानबाट दैनिक जसो धुवाँको मुस्लो घरमै निस्केर आउने गर्नाले बृद्धहरुलाई झनै समस्या हुने गरेको स्थानीय वासी बताउँछन् । 

बस्ती नजिकै फोहोर विर्सजन स्थल हुँदा त्यहाँका नागरिकले यशको सही ठाउँमा व्यवस्थापन गर्नुपर्ने माग अर्का स्थानीय उजिर घर्तिले बताए । फोहोर फाल्ने ठाउँ नजिकै खानेपानीको मुहान पनि रहेको छ । त्यहाँबाट निस्केका झिँगा लगायतका फोहोर जन्य वस्तु हावाको माध्यमबाट सजिलै पानीमा पुग्ने देखिन्छ । अर्को ओखरेनी खोलामा फोहोर फाल्दा पानीको कारणले तलतलका बस्तीहरूमा पुग्ने पानीमा पनि बजेर जाने समस्या रहेको छ । तर यशको हालसम्म पनि व्यवस्थापन हुन सकेको छैन । अहिले फालिँदै आएको फोहोरमा कुइने नकुइने सबै एकै ठाउँमा फाल्ने गरिएको छ । नसड्ने वस्तु पनि एकै ठाउँमा जसले गर्दा अर्को जोखिम पनि उत्तिकै रहेको छ । बजारलाई सुन्दर सफा बनाउने उद्देश्यले नगर विकास  वातावरण संस्था मार्फत बजारको फोहोर उठाएर फाल्ने गरिएको छ । 

 फोहोर व्यवस्थापन गर्दै आएको समितिले व्यवस्थित रुपमा फाल्ने ठाउँ अभावका कारणले फोहोरबाट मोहोर उत्पादन लक्ष्य अधुरै रहेको नगर विकास वातावरण संस्थाका अध्यक्ष रामप्रसाद पन्थीले बताए । व्यवस्थित ठाउँ भएर सबै फोहोरलाई पैसामा बदल्ने गरि सञ्चालन गर्ने योजना रहेपनि मुख्य ठाउँको समस्या रहेको पन्थीले बताए । जग्गा अभावले फोहोरमा भएको पैसा डढेर गएको अध्यक्ष पन्थीको भनाइ छ । हाल तम्घास बजारबाट दैनिक ८ देखि १० ट्याक्टर फोहोर फालिँदै आएको छ । नगरपालिकाले वडा नम्बर–९ बाट फोहोर सङ्कलन केन्द्र राख्ने प्रक्रिया थालिएको थियो । 

 तर त्यहाँ पनि स्थानीयको बिरोध आएपछि कुनै पनि निर्णय हुनसकेको छैन । उक्त ठाउँमा फोहोर सङ्कलन केन्द्रको लागि केही काम समेत भएको थियो ।नगरपालिकाले लामो समयदेखि फोहोर फाल्ने ठाउँको खोजी गरेपनि उचित ठाउँ नभएकै कारणले बस्ती र खानेपानीको मुहान नजिकै फोहोर फाल्न बाध्यता छ । अहिले नगरपालिकाले फोहोर फाल्नका लागि जग्गा खरिद प्रक्रिया अगाडी बढाए पनि संरचना निर्माण कार्य भएको छैन ।

नगरपालिकाले हाल फालिँदै आएको ठाउँलाई हटाएर अन्यत्र सार्ने प्रक्रिया सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । तम्घास बजारलाई अहिले सुन्दर शहर बनाउने उद्देश्यले नगरपालिकाले त्यसतर्फ ध्यान दिँदै आएको पन्थीले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button