तपाईँ सुन्दै हुनुहुन्छः

इलाम २ उपनिर्वाचन : ५१ प्रतिशत मत खस्यो

इलाम । इलाम २ मा मतदान जारी छ । अहिले सम्ममा ६० हजार मत खस्यो । यो कुल मतदाताको ५१ प्रतिशत हो। साँझ ५ बजे सम्म मतदान स्थल प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने जनाइएको छ ।

इलाम २ का ७९ मतदान स्थलका १ सय ४९ वटै मतदान केन्द्रमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । सबै मतदानस्थल अति संवेदनशील मानिए पनि निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

नेकपा एमाले उपाध्यक्ष, सांसद संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ मा उपनिर्वाचन भइरहेको हो । उक्त क्षेत्रमा १ लाख १५ हजार ८ सय ८९ जना मतदाता रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button