तपाईँ सुन्दै हुनुहुन्छः

‘आध्यात्मिक ज्ञानले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्‍याउँछ’

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले शनिबार काठमाडौँमा आयोजना गरेको ‘स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ राष्ट्रिय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित कुनै पनि व्यक्तिले हानी, नोक्सानी नगर्ने बताउनुभयो ।

गलत प्रतिस्पर्धाका कारण समाज केही रूपमा गलत दिशातर्फ गएको हो कि भन्ने लागे पनि ती गलत मान्यता र अभ्यासहरूलाई यस्ता कार्यक्रमहरूले चिर्न सकिने उहाँको भनाई थियो । मन्त्री चौधरीले समाजमा रहने हरेक व्यक्तिको विचारमा थोरै भए पनि आध्यात्मिक चेतना आउनुपर्ने बताउनुभयो ।

आध्यात्मिक सेवा केन्द्र, प्रशिक्षण केन्द्र, आध्यात्मिक मन्दिर, गुम्बा जस्ता धार्मिक सेवा केन्द्रहरूले असल व्यवहार, सकारात्मक व्यवहारहरूको कुरा ल्याउने कामहरूमा तत्पर रहेको बताउँदै उहाँले त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र नेपालका राष्ट्रिय निर्देशक राज दादी माँको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button