तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप छनोट: नेपाल दोस्रो खेलमा पनि बहराइनसँग पराजित

काठमाडौं।बहराइनमा भएको फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल घरेलु टोली विरुद्धको दोस्रो खेलमा पनि पराजित भएको छ । बहराइनस्थित राफा राष्ट्रिय रंगशालामा नेपालले दोस्रो खेलमा ३-० को हार बेहोरेको हो ।

पहिलो खेलमा ५-० को हार बेहोरेको नेपालले गएराती भएको खेलमा पनि पराजय भोगेको छ । नेपाल माथि घरेलु टोलीनै हावी भएको थियो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा नै गरेको हो ।

नेपाल चार खेलमा अंकविहिन रहँदै समूहको पुछारमा छ । नेपालले युएई विरुद्ध ४-०, यमन विरुद्ध २-० र बहराइन विरुद्ध ५-० को हार बेहोरेको थियो ।

युएई १२ अंक सहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो स्थानमा रहेको छ । नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल आगामी जुनमा खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button