तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक ग्राम पूर्ण रुपमा सञ्चालनमा ल्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभएको छ।

औद्योगिक ग्रामको आज निरीक्षण एवं अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आगामी छ महिनाभित्र औद्योगिक ग्राम पूर्ण रुपमा सञ्चालनमा आउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्ण रुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको जानकारी दिनभयो । सञ्चालित उद्योगमा ‘स्यानिटरी प्याड’ र खाद्यान्न सामग्री रहेका छन् ।

औद्योगिक ग्राम स्थापनाको पाँच वर्ष बितिसक्दा समेत पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । बाउन्न रोपनी क्षेत्रफलमा फैलिएको सो ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button