तपाईँ सुन्दै हुनुहुन्छः

बजेट अभावले योजना रोकिने अवस्था आउँदैन : उपप्रधानमन्त्री महासेठ

उदयपुर । उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले बजेटका कारण राज्यका कुनै पनि योजनाका कार्य नरोकिने बताउनुभएको छ ।

मङ्गलवार नेकपा एमाले, उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सरकार परिवर्तन भएपछि मुलुकको अर्थतन्त्रमा सुधार आएकाले अब बजेट अभावका कारण कुनै पनि योजना नरोकिने बताउनुभयो ।

मन्त्री महासेठले राज्यको ढुकुटी रित्तिएका कारण व्यवसायीहरूले समयमा पैसा नपाउँदा यसअघि योजनाका काम ठप्प पारेको स्वीकार गर्दै एमाले सरकारमा सहभागी भएपछि मुलुकको अर्थतन्त्रमा व्यापक सुधार आएको जिकिर गर्नुभयो ।

उहाँले देशको आर्थिक समृद्धिका लागि अहिलेको गठबन्धन सरकार निर्माण भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button