तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

धनुषा।नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको हो ।

पत्रमा भनिएको छ, “मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा अब सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।”

केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button