तपाईँ सुन्दै हुनुहुन्छः

स्याङ्जाबाट एसइई परीक्षामा ४ हजार १२४ जना परीक्षार्थी सहभागी हुँदै

स्याङ्जा । स्याङ्जाबाट यस वर्षको एसइई परीक्षामा ४ हजार १२४ जना विद्यार्थी सहभागी हुँदै छन् । 

यही चैत्र १५ गतेबाट शुरु हुने एसइई परीक्षामा स्याङ्जाबाट साधारणतर्फ नियमित ३ हजार ९०८ जना, प्राविधिकतर्फ १५६ जना, ग्रेड वृद्धितर्फ ६० जना गरी ४ हजार १२४ जना परीक्षार्थी सहभागी हुने भएका हुन् । 

जिल्ला शिक्षा इकाईको कार्यालय स्याङ्जाका शाखा अधिकृत सुरेश सुवेदीका अनुसार जिल्लामा २६ वटा परीक्षा केन्द्रहरू तोकिएको छ । 

११ पालिका रहेको स्याङ्जामा पुतलीबजार नगरपालिका, बिरुवा, हरिनास गाउँपालिकामा उत्तर पुस्तिका पुगिसकेको छ भने अन्य पालिकाहरूमा पनि उत्तर पुस्तिका पुर्‍याउने काम भइरहेको शिक्षा इकाइ कार्यालयले जनाएको छ । 

भौगोलिक रुपमा टाढा रहेका पालिकाहरूमा प्रश्नपत्र र उत्तर पुस्तिकासँगै पठाउने तयारी गरिएको कार्यालयले जनाएको छ । 

प्रश्नपत्र सम्बन्धित प्रहरी चौकीहरूमा प्रहरीकै निगरानीमा पठाइने र एक परीक्षा केन्द्रमा ४ जनाका दरले सुरक्षाकर्मी परिचालित गरिने कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button