तपाईँ सुन्दै हुनुहुन्छः

डिजिटल नेपाल बनाउने लक्ष्य पुरा गर्न मन्त्रालय प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको डिजिटल नेपाल बनाउने लक्ष्य पुरा गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री शर्माले आज नेपाल टेलिकमबाट प्युठान जिल्ला झिमरुक गाउँपालिकाको मच्छी र प्युठान नगरपालिकाको मरण्ठानामा अप्टिकल डिस्ट्रिब्यूशन नेटवर्क निर्माण गरी फाइबर टु द होम (FTTH) सेवाको भर्चुअल माध्यमबाट शुभारम्भ गर्दे देशैभर नेपाल टेलिकमले गुणस्तरीय सेवा प्रदान गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

उहाँले  इन्टरनेट सेवा देशका ७७ वटै जिल्लामा पुर्‍याउने सरकारको लक्ष्य बमोजिम यसवर्ष डोल्पा र मुगुमा पुर्‍याउने योजना रहेको र आगामी वर्ष हुम्लामा पुर्‍याएपछि लक्ष्य पुरा हुने पनि जानकारी दिनुभयो ।

मन्त्री शर्माले दूर दराजमा रहेका हरेक नागरिकलाई इन्टरनेट सेवा प्रयोग गर्ने अधिकार रहको भन्दै गुणस्तरीय सेवा पु¥याउन मन्त्रालय र टेलिकम लागिरहेको बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका महाप्रबन्धक विनिता पहाडीले दूरसञ्चारको प्रविधि विस्तारको बारेमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button