तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरको टक्सारमा आगलागी, छ वटा घर जेलेर नष्ट

भोजपुर । भोजपुर नगरपालिका– १२, टक्सारको मालबाँसेमा आगलागी भएको छ । 

आज दिउँसोबाट बनमा लागेको डढेलो बस्तीसम्म फैलिएपछि त्यहाँका छ घर जेलेर नष्ट भएका छन् । 

आगलागीबाट विशाल कार्कीको दुई वटा, नरबहादुर कार्कीको दुई वटा र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । त्यस्तै बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दल कुमार राईले जङ्गलबाट सुरु भएको आगलागीबाट बस्तीसम्म फैलिएर स्थानीयको घरहरूमा क्षति पुगेको बताउनुभयो । आगलागीबाट स्थानीयको बसोबास रहेको पाँच र खाली एक घर जलेर नष्ट भएको सूचना अधिकारी राईले बताउनुभयो । 

आजको हावाहुरीका कारण जङ्गलमा लागेको आगो बस्तीमा समेत फैलिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीयहरू लागिरहेको प्रहरी निरीक्षक राईले बताउनुभयो । 

आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button