तपाईँ सुन्दै हुनुहुन्छः

भट्टराईको पार्टी फुट्यो

काठमाडौँ  । डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) फुटेको छ ।

नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवको नेतृत्वमा पार्टी बिभाजन भएर नेकपा माओवादी केन्द्रमा समाहित भएको हो । माओवादीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा आज बसेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको छ ।

शनिवार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति गरेको हो । सहमतिमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन् ।

माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पार्टी एकता गर्ने सहमति गरेको र एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनले टुङ्गो लगाउने विज्ञप्तिमा उल्लेख छ ।

कार्यदलमा माओवादीको तर्फबाट महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button