तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा बैठक : सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकको प्रादेशिक सरोकार समयमा आफ्ना धारणा राख्दै सांसद गोपी बहादुर सार्की अछामीले कोशी प्रदेशमा धार्मिक तीर्थस्थल, पर्यटकीय स्थललाई विकास गर्दै समृद्ध प्रदेशका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । 

सांसद नारायण दत्त भट्टले सुदूरपश्चिम प्रदेशलाई अगाडि ल्याउन खप्तड क्षेत्रको विकास गर्दै भाषा संस्कृतिमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । 

यसैगरी, सांसद तुलसा कुमारी दाहालले महिलाका लागि क्षमता विकास योजना ल्याइनुपर्ने, भूमिहीन दलितलाई आवासको व्यवस्था गरिनुपर्ने, मधेस प्रदेशमा सडक मानवको अवस्था चुनौतीपूर्ण रहेकाले उचित व्यवस्थापन हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो । 

सांसद गोमा देवी तिमल्सिनाले सडक दुर्घटनालाई रोक्न संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने, जङ्गली जनवारबाट मानिसलाई जोगाउनुपर्ने, बफर जोनमा बसेका नागरिकलाई व्यवस्थापन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button