तपाईँ सुन्दै हुनुहुन्छः

बालसुधार गृहमा सुधार गरिने : मन्त्री चौधरी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले  सरकारले देशैभरका बालसुधार गृहहरूमा देखिएका समस्या तत्काल समाधान  गर्ने  बताउनुभएको छ । 

प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री चौधरीले तत्काल आफै बालगृहहरूको अनुगमनमा जाने र त्यहाँ रहेका समस्या समाधानका लागि नीतिगत निर्णय गरिने प्रतिबद्धता जनाउनुभयो । 

महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलगायत सीमान्तकृत वर्गलक्षित कार्यक्षेत्र भए पनि सरकारले मन्त्रालयलाई न्यून बजेट छुट्याउने गरेको भन्दै मन्त्री चौधरीले यस आर्थिक वर्षदेखि बजेट वृद्धि गर्न पनि आफ्नो पहल रहने बताउनुभयो । 

बैठकमा सांसदहरुले सरकारले सञ्चालन गरेका ९ वटा बाल गृहहरूमा सरसफाइ, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका समस्यासँगै त्यहाँ रहेको बताउनुभयो । 

उहाँहरूले बालबिच्ज्याईका मुद्दामा दोषी ठहरिएर सुधार गृहमा  राखिएका बालबालिकामा नकारात्मक धारणा वृद्धि भएकाले सरकारले तत्काल त्यसलाई सम्बोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

बालसुधार गृहहरू यातना गृहजस्तै  देखिएको बताउँदै सांसदहरुले सरकारले उचित व्यवस्थापन नगर्दा सुधार गृहहरूमा झडपको अवस्था आइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button