तपाईँ सुन्दै हुनुहुन्छः

एमाले गोरखा जिल्ला अध्यक्षमा थापा निर्वाचित

गोरखा  । नेकपा एमाले गोरखाको आठौँ अधिवेशनबाट अध्यक्ष पदमा  सुरेन्द्र थापा निर्वाचित हुनुभएको छ । 

गएराति सम्पन्न मतगणनामा थापाले निकटतम प्रतिस्पर्धी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो । थापाले दुई सय ८० मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिस्पर्धी नेपालीले दुई सय पाँच मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, उपाध्यक्षमा मेन बहादुर थापा, सचिवमा काजिराम रोका, उपसचिव मनोज जोशी, शान्ति चापागाईँ निर्वाचित हुनुभएको छ ।

त्यस्तै, जिल्ला कमिटी सदस्यहरूमा अमिर थापा, प्रशान्त थापा, किरण ढकाल, सरण गुरुङ, गणेश खत्री, सुरेश सुनारलगायत निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button