तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा नेकपाले १० हजार स्याउका बिरुवा रोप्ने

जुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव सी’ उर्वर बाँझो जग्गामा १० हजार बिरुवा रोप्ने लक्ष्यसहित जुम्ला आइपुग्नुभएको छ ।

कृषि उत्पादनलाई प्राथमिकता दिने पार्टीको नीति अनुसार जुम्ला हिमा गाउँपालिका-६ हडुल्याम रहेको बाँझो जग्गामा बृहत् स्याउ खेती गर्न लागिएको हो ।

विप्लवको नेतृत्वमा जुम्ला पुगेको टोलीले हडुल्यामको २२ हजार क्षेत्रफल जमिनमा १० हजार स्याउका बिरुवा रोप्ने अभियानको सुरु गरिएको छ । जसअन्तर्गत पहिलो चरणमा भने एक हजार पाँच सय स्याउका बिरुवा रोपिने छ ।

उत्पादन वृद्धिबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव हुने तथ्यलाई मध्यनजर गरी उर्वर जुम्लाको बाँझो भूमिलाई उपभोग गर्न र स्याउ समृद्धि हासिल गर्न स्याउ खेती गर्न लागिएको विप्लवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button