तपाईँ सुन्दै हुनुहुन्छः

लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश 

काठमाडौँ । लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेश भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानी मन्त्री राजेन्द्रकुमार राईले आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८० सभासमक्ष पेश गर्नुभयो ।

यस्तै, बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सहितको जानकारी सभालाई गराउनुभयो ।

यस्तै, बैठकमा नवनियुक्त सांसदहरुले सुशासन प्रवद्र्धन,प्रदेश र स्थानीय तहलाई बलियो बनाउन र सामाजिक न्याय प्रवर्द्धन गर्ने दिशामा आफूहरू लागि पर्ने बताउनुभयो ।

यसअघि, बैठकमा सांसदहरुले जाजरकोट भूकम्प पीडितलाई राहत, उद्धार तथा पुनःस्थापना हुन नसकेको, सभामा उठेका प्रश्नको सरकारले जवाफ नदिएको, दुग्ध उत्पादक किसानहरूको समस्या समाधन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो  ।

सांसदहरुले मधेश प्रदेशका विद्यालय जानबाट बञ्चित विद्यार्थीहरूलाई विद्यालय जाने व्यवस्था मिलाउनु पर्ने,मिटर व्याज पीडितको समस्या समाधान गर्नुपर्ने, सडक बनाउने नाममा प्रयोग हुने डोजर आतङ्क बन्द गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राष्ट्रियसभाको अर्को बैठक यही फागुन २७ गते आइतबार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button