तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसदहरुले जाजरकोट भूकम्प पीडितलाई राहत, उद्धार तथा पुनःस्थापना हुन नसकेको, सभामा उठेका प्रश्नको सरकारले जवाफ नदिएको, दुग्ध उत्पादक किसानहरूको समस्या समाधन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो  ।

सांसदहरुले मधेश प्रदेशका विद्यालय जानबाट बञ्चित विद्यार्थीहरूलाई विद्यालय जाने व्यवस्था मिलाउनुपर्ने, मिटर व्याज पीडितको समस्या समाधान गर्नुपर्ने, सडक बनाउने नाममा प्रयोग हुने डोजर आतङ्क बन्द गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button