तपाईँ सुन्दै हुनुहुन्छः

साफ यू-१६ महिला च्याम्पियनसिप : नेपालद्वारा भूटान पराजित

काठमाडौँ । साफ यू-१६ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल ३–० ले विजयी भएको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले १–१ गोल गरे । जीतसँगै  नेपालको ३ अङ्क भएको छ । समान ३–३ अङ्क जोडे पनि गोल अन्तरमा भारत पहिलो, बङ्गलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् ।

पहिलो खेलमा नेपाल बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । भारतले भुटानलाई ७–० ले हराएको थियो । मङ्गलवार भारत र बङ्गलादेश खेल्नेछन् । शीर्ष दुई टोलीबिच फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button