तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित 

काठमाडौँ । आजका लागि तय गरिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । 

आजका लागि बैठक डाकिएकोमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको हो । 

स्थगित बैठक फागुन १३ गते आइतबार बिहान ११ः०० बजे बस्ने सचिव देवेन्द्र पौडेलले   जानकारी दिनुभयो । 

केन्द्रिय समिति बैठकमा पार्टीको यसअघिको विशेष अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्य विभाजन लगायतका एजेन्डामा छलफल गर्ने तय गरिएको थियो । बैठकमा चैत–वैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्य विभाजन गर्ने एजेण्डा समेत थियो । 

बिहीबार बसेको केन्द्रिय समिति बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button