तपाईँ सुन्दै हुनुहुन्छः

दोलखाको कालिञ्चोकमा र शैलुङमा हिमपात

दोलखा । दोलखामा रहेको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोकमा बिहीबार हिमपात भएको छ । बिहीबार यो वर्षको चौथो पटक हिमपात भएको हो । 

बिहीबार साँझ पाँच बजेबाट हिमपात सुरु भएको कालिञ्चोकको कुरी स्थित होटल सुनपातीका राजन क्षेत्रीले बताए ।

हिमपातको कारण कालिञ्चोक पुग्ने पर्यटकहरू रमाई रहेको क्षेत्रीले बताए । हिमपातले बिहीबार बेलुकासम्म सवारी साधन भने नरोकिएको स्थानीयले बताएका छन् । तीन हजार आठ सय ४२ मिटर उँचाइमा रहेको कालिञ्चोकमा गत बर्ष फागुनको दोस्रो साताबाटमात्र हिमपात भएकोमा यो बर्ष फागुनको दोस्रो सातासम्म चार पटक हिमपात भई सकेको छ । 

यो बर्ष धेरै पटक हिमपात भएपनि धेरै समय हिमपात नभएकोले १/२ दिनमै हिउँ पग्लने गरेको स्थानीय व्यवसायीहरू बताउँछन् । 

कालिञ्चोकमा हिमपात भएको खबर पछि नेपालको विभिन्न ठाउँ र भारतबाट समेत पर्यटकले होटल बुक गर्न थालेको पर्यटन व्यवसायी एवं होटल सुनपातीका सञ्चालक हरि ओलीले बताए ।

शैलुङमा पनि हिमपात

दोलखाकै प्रसिद्ध शैलुङ क्षेत्रमा पनि बिहीबार दिउँसै देखि हिमपात भई रहेको स्थानीयले बताएका छन् । शैलुङ क्षेत्रमा बिहीबार दिउँसो तीन बजेबाटै हिमपात भई रहेको स्थानीय कालापानीको होटल व्यवसायी मिस्री श्रेष्ठले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button