तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउँछ : मोहन विक्रम सिंह

अर्घाखाँची । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले गणतन्त्र, धर्म निरपेक्षता लगायतका उपलब्धिहरू जोखिममा परेको बताउनुभएको छ । 

प्रगतिशील पत्रकार संघ नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले देश अहिले गम्भीर सङ्कटमा छ, गणतन्त्र, धर्म निरपेक्षता लगायतका उपलब्धिहरू जोखिममा छन् भन्नुहुँदै दलहरू सचेत हुनुपर्ने बताउनुभयो । 

“देश अहिले गम्भीर सङ्कटमा छ, गणतन्त्र धर्म निरपेक्षता लगायतका उपलब्धिहरू जोखिममा परेका छन् । उहाँले भन्नुभयो “प्रतिगमनकारीहरू अराजकता फैल्याएर प्राप्त उपलब्धिहरूलाई समाप्त पार्ने दाउमा छन्, त्यो सफल हुने सम्भावना छैन तर दलहरू सचेत हुनुपर्छ ।”

वर्तमान अवस्थामा गठबन्धन भत्कने कुनै सम्भावना नरहेको उल्लेख गर्नुहुँदै उहाँले सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने बताउनुभयो । 

नेता सिंहले विभिन्न घटनामा दोषी भ्रष्टाचारीलाई कारबाही गर्न सरकारले खुट्टा कमाउन नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button