तपाईँ सुन्दै हुनुहुन्छः

मुगु खत्याडमा आगलागी हुँदा २ बाल बालिकाको मृत्यु

मुगु । आइतबार राती राती आगलागी हुँदा एकै घरका २ जना बालकको मृत्यु भएको छ ।

मुगु जिल्ला खत्याड गाउँपालिका वडा न २ गाडेखोला गाउँको एक घरमा राती आगलागी हुँदा २ जना बालकको मृत्यु  भएको  मुगुका प्रहरी नायब उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयाे । 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक  विरेन्द्र थापाले दिनु भएको जानकारी अनुसार राती बालबच्चा सहित आमा सरस्वती सन्ज्याल छोरा  वर्ष १४ को विशाल सन्ज्याल र छोरी  वर्ष १२ कि झ्ररना सन्ज्याल घरको गोठमा सुतेका थिए । 

घटना लगतै प्रहरी चौकी श्रीकोटबाट प्रहरी घटना स्थलमा पुगेर स्थानीयहरूको सहभागितामा आगो नियन्त्रण प्रयास गरिरहँदा  हाल आगो नियन्त्रणमा आएपनि घर पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button