तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले पुरिँदा बालकको मृत्यु

जाजरकोट । जाजरकोटमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ । भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।

गए राति परेको अविरल बर्षाका कारण आएको पहिरोले घर पुरिएर ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश बि.क घाइते भएका छन् । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button