तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा एक महिलाको शव फेला

टीकापुर/कैलाली । कैलालीमा एक महिलाको शव फेला परेको छ । जानकी गाउँपालिका वडा नम्बर-७ गोलौरीकी ७१ वर्षीया फिरिया चौधरीको शव फेला परेको हो ।

चौधरीको घरबाट अन्दाजी ५ सय मिटर उत्तरतर्फ रोपाई गरेको खेमराज ढुङ्गानाको खेतबारीमा आज बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पतालको शव गृहमा राखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button